कोरोनाविरुद्धको खोप फार्मेसीमा भेटियो

धनुषा —  स्वास्थ्य केन्द्रकै कर्मचारीले कोरोनाविरुद्धको खोप निजी औषधि पसल (फार्मेसी) मा बिक्री गरेको पाइएको छ ।

कोरोनाविरुद्धको खोप फार्मेसीमा भेटियो

बिहीबार नगरपालिकाले गरेको अनुगमनमा धनुषाको सहिदनगर नगरपालिका–३ यदुकुहास्थित प्राथमिक स्वास्थ्य केन्द्रअगाडिको श्रीराम मेडिकलमा खोप फेला पारिएको नगर प्रमुख उदय बरबरियाले बताए ।

‘६ भाइल खोप फेला परेको छ । जसमध्ये भेरोसेल ४ भाइल, जानसेन र अस्ट्राजेनेका १/१ भाइल छन्,’ उनले भने । नगरपालिकालाई पठाएको खोप भेटाइएपछि फार्मेसी सञ्चालक कमलेश मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

प्रकाशित : आश्विन १, २०७८ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?