कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डी कारोबारको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले हुन्डी कारोबारको आरोपमा वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–६ माईस्थान चोकका कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर–३ का दीपककुमार सोनार छन् ।

हुन्डी कारोबारको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

उनीहरूलाई माईस्थान चोकस्थित कन्हैयाप्रसादकै घरमा सञ्चालित जेपी ज्वेलरीबाट बुधबार साँझ नियन्त्रणमा लिइएको हो । कन्हैया पसलका सञ्चालक र दीपक कर्मचारी हुन् ।

उक्त पसलमा अवैध वित्तीय कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद भएको थियो । उनीहरूविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?