कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली हात्तीले स्थानीय आजित

सर्लाही — चार महिनाअघि सर्लाहीको चुरे क्षेत्रमा देखिएका जंगली हात्तीले पाक्नै लागेको धानबाली खाएर नष्ट पारेको छ । आइतबार र सोमबार राती मात्र तीनवटा जंगली हात्तीले ईश्वरपुर नगरपालिका–१४ गौरीशंकरमा झण्डै एक बिघाको धान खाएर सखाप पारेको छ ।

जंगली हात्तीले स्थानीय आजित

हात्तीले स्थानीय रणकुमार सुनुवार, पृथ्वीबहादुर सुनुवार लगायतको धान खाएको हो । लामो समय भइसक्दा पनि हात्ती नियन्त्रणमा आउन सकेको छैन ।

‘दुई रातदेखि हात्ती आएर खेतमा पाकेर झुल्न थालेको धान खाएको छ, उज्यालो भइसकेपछि हात्तीको समूह फेरी जंगल नै पस्यो,’ किसान पृथ्वीबहादुरले भने, ‘धान खाइदिँदा हामी मर्कामा परेका छौं ।’

हात्तीको समुहले यसअघि पनि पटक–पटक लालबन्दी, हरिवन र ईश्वरपुर आसपासका क्षेत्रमा बालीमा क्षति पुर्‍याउँदै आएको थियो । पछिल्लो समय सागरनाथ वन विकास परियोजनाको जंगलसँग टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथलगायत क्षेत्रमा पनि बालीनाली नष्ट गर्न थालेका छन् । यसरी जंगली हात्ती पटक–पटक बस्ती तथा खेतबारीमा आउँदा स्थानीय त्रसित छन् । उनीहरूले निर्धक्कसँग बस्नै नसकेको जनाएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?