अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ
वीरगन्ज — पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको थिए । प्रवेश पत्रमा सन्दिपको तस्बिर उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले बताए ।
सन्दीप र राजकुमार पर्सागढी ८ का वासिन्दा हुन् । यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो ।
प्रकाशित : भाद्र ३०, २०७८ १४:२३प्रतिक्रिया