कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वीरगन्ज महानगरमा फेरि सोलार बत्ती

पर्सा — ६ वर्षअघि वीरगन्जका विभिन्न सडकमा जडान गरिएका अधिकांश सोलार बत्ती असफल भइसक्दा पनि फेरि यहाँको सडकमा सोलार बत्ती जडान गरिएको छ ।

वीरगन्ज महानगरमा फेरि सोलार बत्ती

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गतका हालै निर्माण सम्पन्न भएका सडकमा नयाँ सोलार बत्ती जडान गरिएका हुन् । घण्टाघर–बसपार्क लिंक रोड, बाइपास सडकका डिभाइडरमा ठूलो परिमाणमा सोलार बत्ती जडान गरिएको हो । विगतमा महानगरको विभिन्न वडामा गरी करिब ८ सय थान सडक सोलार बत्ती जडान गरिएकोमा ती सडक बत्ती दुई वर्ष पनि टिक्न सकेनन् ।

वीरगन्ज महानगरपालिकाका विद्युत् शाखा प्रमुख इन्जिनियर सुरेन्द्र साहले विगतमा महानगरका सडकमा जडान गरिएका अधिकांश सोलार बिग्रिसकेकाले त्यसको विकल्पमा एलईडी बत्ती जडान गर्ने अभियान रहेको बताए ।

‘महानगरपालिको वडा १, २, ८, १३, १५, १६, १७ र १९ मा करिब ४ सय ५० पोलमा एलईडी बत्ती जडान भइसकेका छन् । अन्यमा पनि जारी छ,’ उनले भने । वीरगन्ज महानगरपालिकाको कार्यालयका सिभिल इन्जिनियर शैलेन्द्र श्रेष्ठले हाल महानगरका नयाँ सडकमा जडान गरिएका सोलार बत्तीको योजना करिब ७ वर्षअघि नै तयार भएको बताए ।


प्रकाशित : भाद्र २५, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?