कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

घर–आँगनमा बाढी पसेपछि...

अवधेशकुमार झा

कोईलाडी बरसाइन, सप्तरी — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–७ मंसापुरमा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा मंगलबार बिहान वडा नम्बर–५ को कोईलाडी बरसाइनका १ सय ५० घरमा पानी पसेको छ । स्थानीयहरु घरको खाटमा र नजिकैको अग्लो स्थानमा शरण लिइरहेका छन् ।

घर–आँगनमा बाढी पसेपछि...

एकाबिहानै घर–आँगन भएर खोला बग्न थालेपछि स्थानीयको बिजोग छ । उनीहरुले खाना खान पाएका छैनन् ।

बालबच्चा र वृद्धवृद्धालाई झन् समस्या छ । चारैतिर पानी नै पानी भएपछि चौपायालाई राख्नसमेत समस्या भएको छ ।

बाढीले बिहानदेखि दिउँसोसम्म ६ वटा घर ढलेको छ ।

खानेपानीको ट्युबवेलहरु डुबेकाले सबभन्दा ठूलो समस्या खानेपानीको रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : भाद्र १, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?