कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तराईका ५ जिल्लामा जसपा ठाकुर समूहको भेला 

लक्ष्मी साह

बारा — निर्वाचन आयोगबाट जनता समाज पार्टीको आधिकारिकता गुमाएका महन्थ ठाकुर समूहले जनमत जुटाउन तराईका पाँच जिल्लामा शुक्रबार भेला गरेको छ । प्रदेश २ को बारा, महोत्तरी, सिराहा, सप्तरी र पश्चिमको दाङ जिल्लामा भेला आयोजना गरिएको हो । कलैयामा आयोजित भेलामा महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनललगायत ठाकुर पक्षीय नेता, कार्यकर्ताको बाक्लो उपस्थिति रह्यो ।

तराईका ५ जिल्लामा जसपा ठाकुर समूहको भेला 

नेता जितेन्द्र सोनलकाअनुसार सम्पूर्ण लोकतन्त्रवादी, पहिचानवादी, मधेसवादी शक्तिहरुलाई संगठित गरेर चुनावमा सहभागी हुने रणनीतिका साथ अघि बढ्न अगुवा भेलाको अभियान सुरु गरिएको छ ।

‘हाम्रो आधिकारिताबारे सर्वोच्चमा मुद्दा जारी छ, फैसला नभएसम्म हामी पनि जसपा नै हौं,’ सोनलले बाराको कलैयामा भएको भेलामा भने, ‘सांगठनिक, संघर्ष र चुनावी मोर्चा गरेर अगाडि बढ्दै छौं ।’ देशमा चुनावी माहौल बन्दै गएकोले हामी मोर्चाबन्दी गर्न खोजिरहेको उनले बताए ।

भेलामा लक्ष्मणलाल कर्णले जसपा आधिकारिताका लागि हाम्रो कानुनी लडाइँ जारी रहेकोले कार्यकर्तालाई विचलित नहुन आग्रह गरे ।

प्रकाशित : श्रावण २२, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?