कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिन्नमस्ता भगवतीको मुकुट भेटियो

अवधेशकुमार झा

राजविराज — आइतबार साँझ चोरी भएको छिन्नमस्ता भगवतीको मुकुट भेटिएको छ ।  छिन्नमस्ता गाउँपालिका-३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको छ । 

छिन्नमस्ता भगवतीको मुकुट भेटियो

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका-५ मझाउ गाउँबाट उक्त मुकुट फेला पारिएको हो । स्थानीय राजेशकुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको उनले बताए । मानसिक रुपमा अस्वस्थ रहेका मण्डलसम्म मुकुट कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो । मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए । मुकुट ८ सय ५० ग्राम तौलको छ । मन्दिरमा राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ । सीमा सिल गरी मुकुटको खोजी गरिएको थियो ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?