कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

३ लाख बिरुवा रोपिने

कान्तिपुर संवाददाता

महोत्तरी — महोत्तरीका ३ वटा पालिकामा ३ लाख बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान सुरु भएको छ । अभियानअन्तर्गत आइतबार गौशाला–१० मराहा खोलाको बगरमा आँपलगायत फलफूलको बिरुवा रोपिएको छ । 

जिल्ला डिभिजन वन कार्यालय, स्थानीय तह, सामुदायिक विकास तथा पैरवी मञ्च र अन्य संघसंस्थाको समन्वयमा यो अभियान सुरु भएको हो । जिल्लाका बर्दिवास, गौशाला र भंगाहा नगरपालिकामा ३ महिनामा ३ लाख बिरुवा रोपिने लक्ष्य छ । अभियानअन्तर्गत झन्डै १२ सय बिघामा आँप, लिची, कटहर, अम्बा, बाँस, जडीबुटी र विभिन्न प्रजातिका बिरुवा रोपिनेछ ।

भंगाहा ५, बर्दिवास–६ र ७ स्थित रातु खोला किनार र गौशाला–१० स्थित मराहा खोला किनारमा वृक्षरोपण सुरु भएको छ । अभियानअन्तर्गत बर्दिवासमा मात्रै ३५ हजारभन्दा बढी बिरुवा रोपिसकेको बर्दिवासका नगर प्रमुख मेयर विदुर कार्कीले बताए । तीनवटा पालिकामा नगरस्तरीय हरित अभियान परिचालन समिति बनाएर थप बिरुवा रोप्ने काम अघि बढेको छ । यो अभियान परिकल्पना गरी कार्यान्वयनमा ल्याएका पूर्वशिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अभियान सफल पार्न सबैलाई आग्रह गरे । सिरहाको लहानदेखि बाराको सिमरासम्म चुरे क्षेत्रमा काम गर्ने लक्ष्य अभियानको रहेको पोखरेलले बताए ।

चुरे दोहनले मरुभूमीकरण बन्दै गएको तराई र पानीको अभाव भोग्दै आएका जनतालाई यो अभियान वरदान सावित हुने माओवादी केन्द्रका नेता रामकुमार शर्माले बताए । ‘चुरेको आयआर्जनमुखी संरक्षणमा लाग्नुपर्छ’ भन्ने भावसहित यो अभियान थालिएको सामुदायिक विकास तथा पैरवी मञ्च महोत्तरीका अध्यक्ष नागदेव यादवले बताए ।

प्रकाशित : श्रावण ११, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×