कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

बाराबाट ठूलो परिमाणमा लागूऔषध बरामद

लक्ष्मी साह

बारा — सीमामा खटिएका सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । 

भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित २७ सय १६ थान लागूऔषध (सुई) शनिबार बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए ।

बाराबाट ठूलो परिमाणमा लागूऔषध बरामद

उनकाअनुसार सीमावर्ती विश्रामपुर गाउँपालिका–१ कल्याणपुर गाउँबाट भारतको विहार राज्यअन्तर्गत मोतिहारी जिल्लामा पर्ने आदापुरभवानीपुर घरभई भरियाको काम गर्दै आएका १८ वर्षीय सन्तोषकुमार रजक लागू औषधसहित पक्राउ परेका हुन् । उनको साथबाट २/२ एमएलको डाइजोपाम ८ सय ९०, नर्फिन ९ सय १ र फेनारगन ९ सय २५ थान सुईसहित बीआर ०५ वाई २७५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको हो ।

उनीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीलाई बुझाइएको प्रहरी उपरीक्षक कर्णजीतले बताए ।

प्रकाशित : श्रावण १०, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×