कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा बन्दरगाहमा रोकिएको केराउका कन्टेनर छुट्न थाले

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएका करिब १ सय कन्टेनर केराउ सोमबारदेखि जाँचपास भई छुट्न थालेका छन् । साउन १ देखि बन्दरगाहमा यसरी केराउका कन्टेनर त्यहाँस्थित भन्सार कार्यालयले जाँचपास गर्न नमान्दा रोकिएका थिए । 

सुक्खा बन्दरगाहमा रोकिएको केराउका कन्टेनर छुट्न थाले

सोमबार २ वटा केराउ बोकेका कन्टेनर जाँचपास भई गएको र मंगलबार अधिकांस कन्टेनर जाँचपास हुने सम्भावना रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले बताए । यसअघि जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्सार विभागलगायतलाई पत्राचार गरी असार मसान्तसम्म मात्र अधिकांस केराउ, मरिच, सुपारी, छोकडा आयातकर्तालाई आयातको कोटा निर्धारण गरिएकाले त्यसै अनुरुप मात्र जाँचपास गर्न जानकारी गराएको थियो ।

नेपालमा विशेष गरी अमेरिका र क्यानडाबाट केराउ आयात हुने गरेको छ । यो नाकाबाट मात्रै झण्डै आधा दर्जन आयातकर्ताले केराउ आयात गर्ने र गरेको सुक्खा बन्दरगाह नाकाबाहेक वीरगन्ज भन्सार नाका, विराटनगर भन्सार नाकालगायतबाट यसरी केराउ आयात हुने गरेको उनले बताए ।

प्रकाशित : श्रावण ५, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?