कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

२ सय ४७ केजी गाँजा बरामद

शंकर आचार्य

पर्सा — पर्सा प्रहरीले सोमबार २ सय ४७ केजी गाँजा बरामद गरेको छ । मालबाहक ट्रकबाट उक्त मात्रामा गाँजा बरामद भएको हो ।

२ सय ४७ केजी गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ स्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) गेट नजिक एच आर ५५ एम २२०९ नम्बरको भारतीय कन्टेनर ट्रकबाट गाँजा बरामद भएको हो ।

हेटौंडाबाट पर्सा हुँदै भारततर्फ उक्त ट्रकमा गाँजा लैजान लागिएको सूचनाको आधारमा आईसीपी गेटमा ट्रकलाई रोक्दा चालकले ट्रकलाई छोडेर फरार भएका थिए । सूचनाको आधारमा २४ घण्टादेखि ट्रकको निरन्तर निगरानी गरिएको र ट्रकलाई रोक्न खोज्दा गाडी रोकी ट्रक छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लास्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोकाभित्र २ सय ४७ किलो गाँजा फेला परेको उनले बताए । ट्रकलाई गाँजासहित बरामद गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा ट्रकको सवारी धनी र चालकको तदारूकताका साथ खोजतलास भइरहेको उनले बताए ।

विगतमा पनि यसरी पटकपटक मकवानपुरबाट पर्सातर्फ आउने मालबाहक सवारी साधनहरुबाट गाँजा र चरेसजस्ता लागूऔषध बरामद हुँदै आएका छन् ।

प्रकाशित : असार २८, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×