कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी हिरासतबाटै थुनुवा फरार

भरत जर्घामगर

सिरहा — प्रहरी हिरासतबाट सिरहामा शनिबार बिहान एक थुनुवा फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानको थुनुवा कक्षको झ्यालको ग्रील तोडेर शनिबार बिहान २ बजेतिर सिरहा नवराजपुर गाउँपालिका–१ का पशुपति यादव फरार भएका हुन् ।

गत जेठ २० गते लागूऔषधसहित यादव पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवाश बुढाथोकीले घट्नाबारे थप अनुसन्धान भइरहेको र फरार यादवको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित : असार २६, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?