कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निर्माणाधीन कमला पुल भासियो

भरतजर्घा मगर

सिरहा — निरन्तरको वर्षाले कमला नदीमा पानीको बहाव तीव्र बनेसँगै सिरहा–धनुषा जोड्ने हुलाकी सडकअर्न्तगत निर्माणाधीन पुल भासिएको छ । नदीमा आएको अत्याधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार दिउँसो दुई फिटमुनि भाासिएको हो ।

निर्माणाधीन कमला पुल भासियो

१२ वटा स्पान र १३ वटा पिलरमध्ये सिरहातर्फबाट दोस्रो पिलर भासिएको हो । २०६८ सालमा निर्माण थालिएको पुलको काम सक्न अझै बाँकी छ ।

७ वर्षसम्म पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिलर्डसलाई पुल निर्माणको जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिलर्डसले पुल निर्माणको काम गर्दै आएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत मात्र पूरा भएको छ ।

४ सय ७० मिटर लम्बाइ रहेको पुलको साउन दोस्रो साता उद्घाटन गरी यातायात सञ्चालन गर्ने योजना थियो ।

प्रकाशित : असार १७, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?