कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा निषेधाज्ञा खुकुलो

धनुषा — धनुषामा परिमार्जनसहित थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले परिमार्जितसहितको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि ७ दिनका लागि थप गर्ने निर्णय गरेको हो । 

मंगलबारदेखि सैलुन, सिनेमाहल, पार्टी प्यालेस, विद्यालय, यतायता बाहेक सबै सेवाहरु मापदण्डको पालना गरी खोल्ने समितिले सिफारिस गरेको हो । निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने निर्णय भएको छ ।

आवश्यक पसलहरु दिउँसो ३ बजेदेखि खोल्न पाइने र जोर गते जोर बिजोर गते बिजोर सवारीसाधान चलाउन पाइने समितिले निर्णय गरेको छ । यस्तै, विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा बित्तिय संस्थाहरु नियमित सञ्चलान गर्ने लगायतको सिफारिस समितिले गरेको हो ।

रौतहटमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबारबाट सरकारी कार्यालयहरु खुला गर्न दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रकाशित : असार ७, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?