कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

शिव पुरी

रौतहट — रौतहटमा जेठ ३१  गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार रातिबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

कोभिड १९ को संक्रमण रोक्न जिल्ला प्रशासनले बुधबार चौथो पटक निषेधाज्ञाको अवधि थपेको हो । वैसाख १६ गते देखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ ३१ गते सम्मका लागि थपेको हो । यसअघि जेठ २६ गते राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रजिअ यादवले जिल्लामा कोरोना संक्रमणको जोखिम रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, तरकारी पसलहरु, किराना पसल, फलफूल पसला आइतबार, मंगलबार, बिहीबार र शुक्रबार मात्र सञ्चालन गर्न दिइने निर्णय भएको छ । त्यस्तै, होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न दिएको छ ।

जिल्ला प्रशासनले अत्यावश्यक सूचीमा रहेका स्वास्थ्य, खानेपानी, इन्धन, एम्बुलेन्स, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई सञ्चालन गर्न अनुमति दिइएको छ । विद्युत, फोहोरमैला व्यवस्थापन, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, कुरियर तथा डाक सेवा, लगायतका ढुवानी, यातायातका साधनको हकमा विषय उल्लेख गरी सञ्चालन गर्न दिइएको छ ।

पछिल्लो समय जिल्लामा संक्रमण र मृतकको संख्या घट्दै गएको छ । कोभिड १९ को संक्रमणले जिल्लामा मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ । बुधबारसम्म संक्रमितको संख्या घटेर ७ सय १२ मा झरेको छ । जिल्लाको १८ वटै स्थानीयतहमा संक्रमणका बिरामीहरु छन् । अहिले सम्म ४ सय ८२ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?