कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

प्रदेश सरकारलाई स्वास्थ्य समाग्री

जनकपुर — कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि गैरसरकरी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य सामग्री सहायता गरेको छ । 

प्रदेश सरकारलाई स्वास्थ्य समाग्री

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजनाअन्तर्गत प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहलाई वितरणका लागि प्रदेश सरकारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

रौतहट, महोत्तरी, सर्लाही र धनुषा जिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानीय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी ४१० थान अक्सिजन सिलिन्डर, ७ वटा अक्सिजन कन्सन्ट्रेटर, ३१० थान इन्फ्रारेड थर्मामिटर, ३१० थान पल्स अक्सिमिटर, ३६० पीपीई सेट मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त संस्थाले हस्तान्तरण गरेको हो । जसमध्ये महोत्तरी, सर्लाही र रौतहट जिल्लाको लागि ७०/७० थान अक्सिजन सिलिन्डर, पीपीसेट, पल्स अक्सिमिटर र १ थान अक्सिजन कन्सन्ट्रेटर, प्रदेश सरकारको लागि १००/१०० थान अक्सिजन सिलिन्डर, पीपीसेट, पल्स अक्सिमिटर र ४ थान अक्सिजन कन्सन्ट्रेटर वितरण भइसकेको संस्थाका फिल्ड पोलिसी तथा क्म्युणिकेसन लिड प्रमिल अधिकारीले जानकारी दिए ।

उनका अनुसार धनुषाको लागि ५० थान पीपीसेट र १०० थान अक्सिजन सिलिन्डर वितरण गर्ने योजना छ ।

प्रकाशित : जेष्ठ १५, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×