कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते

लक्ष्मी साह

बारा — मानमत–कलैया–मटिअर्वा सडकखण्डको डाकाहामा सोमबार जन्ती बस पल्टिँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकासमेत छन् ।

५ जना गम्भीर घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका–६, खतवैयाबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–१९, बहडिलवामा जाँदै गरेको ना४ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालकिा–१६ मा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक ३८ वर्षीय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । अरु ४ जना जन्ती गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उचारको लागि कलैया अस्पताल र नेसनल मेडिकल कलेज वीरगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बसका चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का ३० वर्षीय अखिलेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । बसमा ३० जना सवार रहेको पनि डीएसपी मिश्रले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?