कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगमा नआउँदै भेन्टिलेटर बन्द

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक साता अगाडि जडान गरिएको भेन्टिलेटर बिरामी नराख्दै बन्द भएको छ ।

प्रयोगमा नआउँदै भेन्टिलेटर बन्द

प्राविधिक समस्या र स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि उक्त सेवा तत्कालका लागि बन्द भएको हो । अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको २५ शय्याको एचडीयू (हाई डिपेन्डेन्ट युनिट) गत वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

अहिले ती सबै शय्यामा कोरोना संक्रमित उपचाररत छन् । उनीहरूको हाई फ्लो अक्सिजनमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए । उनले तत्काल भेन्टिलर सञ्चालन नहुने बताए । भेन्टिलेटर बन्द हुँदा गम्भीर प्रकृतिका बिरामीले फेरि विराटनगर र धरानकै भर पर्नुपर्ने भएको छ । त्यहाका भेन्टिलेटर खाली नहुने समस्या छ ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले अस्पतालको भेन्टिलेटर चलाउन आवश्यक तयारी गरिरहेको बताए । उनले तत्कालका लागि राजविराजकै दुई निजी अस्पताल छिन्नमस्ता र युनिकका भेन्टिलेटर प्रयोग गर्ने गरी व्यवस्थापन भइरहेको जनाए ।

प्रकाशित : वैशाख ३०, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?