कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काममा फर्किए स्वास्थ्यकर्मी

धनुषा — संक्रमितको मृत्युपछि चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न प्रहरी सहमत भएपछि बुधबारदेखि जनकपुरस्थित कोभिड अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।

काममा फर्किए स्वास्थ्यकर्मी

मंगलबार अपराह्न उपचाररत संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड हुँदा स्वास्थ्यकर्मीले काम रोकेका थिए ।

महोत्तरीको जलेश्वर नगरपालिका–४ का ५५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । अस्पतालका ३ भेन्टिलेटरसहित अन्य उपकरण तोडफोड गरेको आरोपमा जलेश्वर–४ का ३४ वर्षीय मनोज महतो र २७ वर्षीय पप्पु महतोलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनका अनुसार अस्पतालबाट जाहेरी आएअनुसार मुद्दा दर्ता गरिनेछ ।

प्रशासनले स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति गराएपछि अस्पतालको सेवा सुरु भएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद यादवले बताए । उनका अनुसार स्टाफ नर्सलाई हातपात गर्नुका साथै दोस्रो तलाको वार्डमा रहेका भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्‍याइएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?