कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको घरमै औषधि

अवधेशकुमार झा

राजविराज — राजविराज नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई आइतबारदेखि घरमै औषधि पुर्‍याउन थालेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले नै संक्रमितका घरघरमा पुगेर औषधि बाँडिरहेका छन् ।

संक्रमितको घरमै औषधि

एक संक्रमितलाई करिब एक हजार रुपैयाँ बराबरको औषधि बाँडिएको उनले बताए । ‘संक्रमित रहेका घरमा अन्य मानिससमेत कन्ट्याक्ट ट्रेसिङमा रहेकाले बाहिर निस्कन सक्ने अवस्था छैन । केही घरमा परिवारका सबै जना संक्रमित भएका कारण कोही औषधि लिन जान सक्ने अवस्था नरहेकाले औषधि दिएका हौं,’ नगर प्रमुख यादवले भने, ‘अहिले संक्रमितले प्रारम्भिक चरणमा खानुपर्नेर् औषधि दिएका छौं ।’

राजविराजमा मात्र १ सय २५ जना संक्रमित छन् । तीमध्ये १ सय १५ जना होम आइसोलेसनमै रहेको नगर प्रमुख यादवले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेका संक्रमितलाई पनि नगरपालिकाले औषधि दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीका लागि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झालाई नगर प्रमुख यादवले औषधि हस्तान्तरण गरेका हुन् । अस्पतालमा अहिले २० जना संक्रमित उपचाररत छन् ।

यसैबीच, सोमबारबाट राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको पुरानो भवनमा ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?