कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

सन्तोष सिंह

धनुषा — जनकपुर प्रादेशिक कोभिड अस्पतलामा भर्ना भएका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर उपचार गराइरहेका एक महिला र २ जना पुरुषको मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरका प्रवक्ता मनिष पाण्डेयले बताए ।

जनकपुरधाम बेलाकी ४२ वर्षीया महिला, जनकपुरकै ६५ वर्षीय पुरुष र वीरगंजका ४५ वर्षीय पुरुषको उपाचारको क्रममा शनिबार मृत्यु भएको डा.पाण्डेयले बताए ।

मृत्यु भएका महिलालाई शुरुदेखि नै भेन्टिलेटर आवश्यक भएपनि २ दिनपछि मात्रै भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेर बिग्रिएका कारण भेन्टिलेटरमा राख्न ढिलो भएको अस्पताल प्रशासनले जनाएको छ । अर्का जनकपुरका पुरुषलाई भेन्टिलेरमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको थियो । वीरगंजका पुरुष अस्पतालमा अक्सिजन लगाएर उपचार हुने क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए ।

कोभिड अस्पतालमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पाइपलाईनबाट अक्सिजन दिन सक्ने गरी कोभिड अस्पतालले ४१ बेड तयारी गरेको छ । संक्रमित बिरामीको चाप बढदै गएका कारण बेड पर्याप्त नहुने भएकोले अस्पतालले प्रशासनले विकल्पको खोजिमा रहेको डा.पाण्डेयले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?