कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा शनिबार रातिबाट निषेधाज्ञा

ओमप्रकाश ठाकुर

सर्लाही — कोरोनाको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा लागाउने निर्णय गरेको छ । 

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ । संक्रमितको संख्या ५ सय नपुगे पनि सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्वारा हस्तक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?