कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा थप ७ जना कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — पर्सामा पछिल्लो १९ घण्टामा मात्रै ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्सामा थप ७ जना कोरोना संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार बिहीबार साँझ ४:४५ मा नारायणी अस्पतालमा पर्सा विश्रामपुर–२ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिहीबार साँझ साढे ५ बजे नेशनल मेडिकल कलेजमा पर्सा बहदुरमाई नगरपालिकाका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । साँझ साढे ६ बजे नेशनल मेडिकल कलेजमा वीरगन्ज–२८ का ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

शुक्रबार बिहान ७ बजे वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्ज–११ का ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजे वीरगन्ज हेल्थ केयर अस्पतालमै पर्सा कालिकामाई–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे नेशनल मेडिकल कलेजमा वीरगन्ज– ५ की ७९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको पछिल्लो (बिहीबारको) प्रयोगशालाको नतिजा अनुसार १९२ जनाको पीसीआर परीक्षणमा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?