कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी अस्पतालमा १९२ नमुना परीक्षण गर्दा १५१ मा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा बुधवार राति १९२ जनाको स्वाब परीक्षण गर्दा एक सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार ६ वर्षदेखि ८८ वर्ष उमेर समूहका एक सय ५१ जना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालमा १९२ नमुना परीक्षण गर्दा १५१ मा कोरोना पुष्टि

संक्रमितमध्ये १०९ जना पर्साका, ३० जना बारा, ७ जना सर्लाही र ५ जना रौतहटका रहेका छन् । १५१ पोजेटिभमध्ये १३२ जनाको पीसीआर विधिबाट र १९ जनाको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएको हो’, डा.दासले भने, ‘संक्रमितमा ५६ जना महिला रहेका छन् । पर्साका १०९ जना संक्रमित मध्ये ९४ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।’

प्रकाशित : वैशाख २३, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?