कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पति हत्या आरोपमा फरार पत्नी र भाइ पक्राउ

सन्तोष सिंह

धनुषा — हंसपुर टिल्हामा पतिको हत्यापछि फरार पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार भएकी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

पति हत्या आरोपमा फरार पत्नी र भाइ पक्राउ

हत्या आरोपमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल पक्राउ गरिएको छ । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको मिश्रले बताए । धारिलो हतियार प्रहार गरी शुक्रबार राति मण्डलको हत्या गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा देवरसँग भाउजुको सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहरुले नै शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?