कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करले एम्बुलेन्स चालकको मृत्यु

राजविराज — बसको ठक्करबाट सप्तरीमा शुक्रबार बिहान एम्बुलेन्स चालकको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको स१च ५५२ नम्बरको एम्बुलेन्सलाई सप्तरीको शम्भुनाग नगरपालिका–३ मा ठक्कर दिएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सिरहा, सुखीपुरका ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ३, २०७८ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?