कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्ज नर्सिङ क्याम्पसका २२ छात्रालाई कोरोना संक्रमण

शंकर आचार्य

पर्सा — वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज नर्सिङ क्याम्पसका २२ छात्रालाई कोरोना संक्रमण

नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको छ । ‘सुरुमा १ छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरिएको छ, संक्रमितको संख्या अझै बढन पनि सक्छ ।’

डा. दासका अनुसार, जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो । बुधबार सार्वजनिक बिदा रहेकाले अस्पतालको प्रयोगशाला बन्द रहेको छ ।

यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रकाशित : वैशाख १, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?