कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा सुरु

सन्तोष सिंह

जनकपुर — मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा शनिबारदेखि आरम्भ भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा शनिबार यात्राका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा आरम्भ भएको हो ।

मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा सुरु

मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्ने छ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला आइतबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ ।

जनकपुरको हनुमान नगरबाट बिहारको कल्याणेश्वर र गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन हुँदै धनुषा जिल्लाको औरही आइपुग्ने छ । परिक्रमा यात्रीले खालीखुट्टा १५ दिने यात्रा तय गर्ने छन् । परिक्रमामा धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहित भारतका सीमावर्ती जिल्लाका श्रद्धालुहरु सामेल हुने गरेका छन् । फागु पुर्णिमाको दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट मात्रै तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ । मिथिला महात्म्यअनुसार १८ औा शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदौ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ ।

महाशिवरात्री सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?