कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

सन्तोष सिंह

धनुषा — बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पुरुषलाई पक्राउ गरेकव छ ।  धनुषाको मिथिला नगरपालिकामा बालिका बलात्कार आरोपमा ६५ वर्षीय स्थानियलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

मिथिला नगरपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय कुमारबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मगरलाई पक्राउ गरिएको धनुषाका प्रहरीका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । सोमबार सार्वजनिक बिदा भएकोले मंगलबार जिल्ला अदालतमाबाट म्याद थप हुने उनले बताए । उजुरीपछि पीडित बालिकाको प्रदेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराएर अनुसन्धान भइरहेको मिश्रले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?