कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीबाट चन्द समूहका ‘जनसत्ता प्रमुख’सहित ३ जना पक्राउ

अवधेशकुमार झा

सप्तरी — सप्तरी प्रहरीले शुक्रबार राति नेत्रविक्रम चन्द समूहका जिल्ला जनसत्ताप्रमुखसहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी डीएसपी भुवनेश्वर साहका अनुसार पक्राउ पर्नेहरुमा खडग नगरपालिका–३ बानरझुला बस्ने सो समूहका सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सप्तरी जिल्ला राजविराज–४ का उदय भनिने उदयनाथ मण्डल तथा सप्तरी सिरहा सदस्य बिष्णुपुर गाउँपालिका १ का रामकृष्ण मण्डल रहेका छन् ।

सप्तरी प्रहरीले राजविराजस्थित घरबाटै उदय मण्डललाई शुक्रबार साँझ पक्राउ गरेको थियो । त्यसपछि थप दुई जनालाई पनि शुक्रबार राति नै नियन्त्रणमा लिएका डीएसपी साहले बताए ।

पक्राउ परेकाकाहरु प्छिल्लो समय विभिन्न व्यवसायी, कार्यालय प्रमुख र जनप्रतिनिधिलाई चन्दा माग गर्ने, धम्की दिने गरेको सूचना आएपछि निगरानीमा राखिएको र उनीहरुका बारेमा आएको सूचना सत्य पाइएपछि नियन्त्रणमा लिएको डीएसपी साहले बताए । उनीहरुबाट चन्दा माग गर्न प्रयोग गर्ने सिमसहितको १ थान मोबाइल, अन्य सीमासहितको ३ थान मोबाइल र केही दस्तावेजहरु बरामद गरिएको साहले बताए ।

प्रकाशित : फाल्गुन १५, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?