२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सवारी दुर्घटनामा २ जनाको मृत्यु

भरत जर्घामगर

सिरहा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर खण्डमा शुक्रबार राति मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकलमा सवार धनुषा सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु भएको हो ।

धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको मोटरसाइकलमा जन्ती गइरहेको बेला विपरीत दिशाबाट आइरहेको ना ५ ख ५२५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : माघ १०, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?