कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिने पक्राउ

सन्तोष सिंह

धनुषा — बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिनेलाई प्रहरीले पक्राउ गरेकाे छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने सत्यनरायण यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । यादवलाई शनिबार बिहान पक्राउ गरि अनुसन्धान भइरहेकाे बस्नेतले बताए ।

बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिने पक्राउ

धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीकाे सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएका थिए ।

बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन यादवले बलात्कृत किशोरी र उनका बुबा आमालाई मिल्न धम्की दिँदै आएका थिए ।

गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलार्ई पक्राउ गरी इलाका प्रहरी कार्यालय धनुषाधाममा राखेर अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले बताए ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मद्धा चलाएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन १०, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?