कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सर्लाहीमा ३० वर्षीय युवकको हत्या

सर्लाही — सर्लाही सदरमुकाम मलंगवा–१० का नागेन्द्रराय यादवका ३० वर्षीय छोरा सुशीलको बिहीबार बिहान टाउको छिनालिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीको खेतमा रायको शरीर र टाउको ६१ मिटर वरपर फेला परेको थियो । घटनास्थलबाट तीन किलोमिटर आसपास बस्ती छैन ।

स्थानीयले बिहीबार बिहान पचगछिया चौरीको खेतमा टाउकोबिनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल चौरी भएको र आलीमा अरहरले छेकिएको हुनाले बेलैमा कसैले भेउ पाउन सकेन । सूचना पाएलगत्तै प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर आफैं घटनास्थल पुगेका थिए । बुधबार साँझ एकैछिनमा आउँछु भनेर घरबाट निस्केका सुशील अबेर रातिसम्म घर नआएको परिवारजनले जनाएका छन् ।

कसैले योजना बनाएरै हत्या गरेको दाबी मृतकका आफन्तले गरिरहेका छन् । विभिन्न कोणबाट हत्याको अनुसन्धान भइरहेको र संलग्नको नजिक पुगेको प्रहरीले जनाएको छ । श्रीमतीले छाडेपछि सुशील केही वर्षयता घरमै बसिरहेका थिए ।

प्रकाशित : चैत्र १३, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?