कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

डम्बरसिं राई

खोटाङ — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । स्थानीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले दोषी ठहर गरेका केपिलासगढी गाउँपालिका–४ का ४५ वर्षीय केशरबहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

खत्रीलाई उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको २०७८ पुस २२ गतेको फैसलाले दोषी ठहर गर्दै सात वर्ष जेल सजाय सुनाएको थियो । तर खत्री भने फरार थिए ।

उनलाई प्रहरीले खोजतलास गरी पक्राउ गरी अदालतमा हाजिर गराएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

प्रकाशित : पुस १९, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?