कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

धनकुटा — कोशी राजमार्गको धरान–धनकुटा खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-१७ घर भइ चारखोलेमा बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सुशान विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको प्रदेश १–२०–००१ ख ८१३४ नम्बरको टिपरले बिहान पौने ९ बजे सडक छेउमा रहेका बालकलाई ठक्कर दिएको थियो । विश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

टिपरका चालक सरोज सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ १, २०८१ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×