२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा 

देवनाराण साह

विराटनगर — कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् ।  

कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा 

कार्की आफ्ना पक्षमा हस्ताक्षर गरेर समर्थन दिएका ४७ प्रदेश सांसदसहित प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेका हुन् । कार्कीले एमालेको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले दाबी पेसका लागि शुक्रबार साँझ ५ बजेसम्मको लागि दिएको समय सकिएको छ । प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आएका छन् । कार्कीले पार्टी निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।

प्रकाशित : आश्विन २६, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?