नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका छन् । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिर गरे ।
प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ ।
मुख्यमन्त्री शेरधन राईले खुवालुङको संरक्षण गर्दै जेटबोट सञ्चालन गरिने बताएका छन् । मंगलबार खुवालुङ पुगेका राईले सरकारी तहमा खुवालुङ फुटाउने कुनै निर्णय नभएको भन्दै यो ठाउँलाई सांस्कृतिक तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरे ।
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन् ।
विराटनगरस्थित नोबेल अस्पतालमा सोमबार थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ९० वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रदेश १ सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भन्दै भ्रम सिर्जना गर्न थालेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पीसीआर परीक्षणको दायरा बढाएर दैनिक १ हजारदेखि १ हजार २ सय जनाको स्वाब परीक्षण भइरहेको प्रदेशसभामा मंगलबार जानकारी गराएका छन् ।