कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

१३ कुने सिमसार महोत्सव

इलाम — माई नगरपालिका १ र ९ मा रहेको तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ४ दिने महोत्सव गरिएको छ । करिब १५ हजार आन्तरिक पर्यटक सहभागी भएको उक्त महोत्सवमा पर्यटन विकासका सम्भाव्य सबै क्षेत्र र वस्तुहरूको प्रचार गरिएको थियो ।

पर्यटन क्षेत्रको रूपमा विकास भइरहेको १३ कुने सिमसारको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने उद्देश्यले पहिलो पटक महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा रूख घर, आकासे घरबाट दृश्यावलोकन गर्ने व्यवस्थासमेत गरेको थियो ।

पुस ८ देखि ४ दिनसम्म चलेको महोत्सवमा राई, लिम्बू, सुनुवार र मुन्डा उराउको सांस्कृतिक झाँकी प्रतियोगिता र भलिबल प्रतियोगितासमेत भयो । प्रतियोगितामा सुनुवार समाज प्रथम र उराउ मुन्डा द्वितीय तथा खुल्ला भलिबल प्रतियोगितामा गुनमुने स्पोर्टिङ क्लब प्रथम र वाई सि एल भलिबल संघ माई द्वितीय भएको थियो ।

महोत्सव आयोजना तेह्रकुने सिमसार व्यवस्थापन समिति र स्थानीय बरभन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले गरेका थिए ।


प्रकाशित : पुस १४, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×