२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

तीन दिनदेखि वेपत्ता युवक मृत अवस्थामा भेटिए

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका – १२ का एक युवकको मृत अवस्थामा शव फेला परेको छ । तीन दिनदेखि हराइरहेका २८ वर्षीय मनोज सदाको शव निमुवा दोभानमा भेटिएको हो ।

स्थानीय दिपनारायण सदाका छोरा मनोज तीन दिनदेखि घरबाटै हराएर वेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बिहीबार त्रियुगा नगरपालिका –२ सनुवाखोलास्थित निमुवा दोभानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?