कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलाबारीमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक घाइते

काँकडभिट्टा — धुलाबारीमा हात्तीको आक्रमणमा परी सोमबार बिहान एक वृद्धाको ज्यान गएको छ । एक घाइते भएकी छन् ।

झापा, मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । यो टोल धुलाबारी मावि नजिकै छ।

प्रहरीका अनुसार पूजा गर्न घरबाहिर निस्केकी साहलाई बिहान ५ बजे घर नजिकै हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, हात्तीको आक्रमण बुद्वशान्ति गाउँपालिका- ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भइ उपचारकाे लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएकाे छ ।

साहलाई आक्रमण गरेपछि हात्ती आक्रामक भइ उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनााएको छ।

प्रकाशित : असार १८, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?