कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

उदयपुरमा ट्रक दुर्घटना‚ चारको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बजुरा खोला नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।

कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए । ट्रक सडकबाट करिब सय मिटर तल खसेको छ । प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीको टोलीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?