१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

१ लाख २५ हजार मूल्यको अवैध मदिरा नष्ट

लक्ष्मी गौतम

पाँचथर — सिक्किमसँगको सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १ लाख २५ हजार ६ सय ६२ रुपैयाँ मूल्यको मदिरा सोमबार साँझ नष्ट गरेको छ ।

१ लाख २५ हजार मूल्यको अवैध मदिरा नष्ट

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको चिवाभञ्ज्याङस्थित बोर्डर आउटपोस्ट ‘बीओपी’ बाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले तीन दिनअघि नियन्त्रणमा लिएर करदाता सेवा कार्यालयलाई बुझाएको मदिरा नष्ट गरेको हो ।

नष्ट गरिएकोमा ६१ हजार ८ सय २४ रुपैयाँ मुल्यको १ सय ६८ बोत्तल सिक्किमे रम, १७ हजार ८ सय १८ रुपैयाँको १ सय ५१ बोतल हिट बियर, १५ हजार ८ सय ७६ रुपैयाँको ५४ बोतल टाइगर रम, १४ हजार ८ सय ८० रुपैयाँको ४८ बोतल सिक्किमे कञ्चन ब्राण्डी रक्सी र १५ हजार २ सय ६४ रुपैयाँको फायरबल नामक २४ बोतल रक्सी रहेको सशस्त्र प्रहरीको २ नम्बर बाहिनी हिमशिखर गुल्म फिदिमका प्रमुख (डिएसपी) किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुस ९ गते हिउँ परिरहेका बेला सिक्किमतिरबाट नेपालमा अवैध ढंगबाट लिएर आँउदै गरेको समूह सीमा सुरक्षा बलबाट खटिएका सुरक्षाकर्मीलाई देखेर भागेपछि उक्त परिमाणको रक्सी बरामद गरिएको थियो ।

करिब १५ जनाको समूहमा रहेका उनीहरुलाई हिउँ छिचोल्दै नियन्त्रणमा लिन नसकिएको बताइएको छ । उक्त मदिरा करदाता सेवा कार्यालय पाँचथरका निमित्त प्रमूख तुलसादेवी दाहाल नेतृत्वको टोलीले नष्ट गरेको छ ।

भारततर्फबाट कर छलेर ल्याइएको अवैध मदिरा पाँचथर, ताप्लेजुङ र इलामका बजारमा खरिद मूल्यभन्दा तीन गुणा धेरैमा खरिद बिक्री हुने बताइएको छ ।

प्रकाशित : पुस १२, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?