कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

पाँचथरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा आयोजक र धनकुटा विजयी
लक्ष्मी गौतम

पाँचथर — पाँचथरको रानिटारमा सोमबारदेखि एक नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रानिटार युनाइटेड तेह्रथुमको आठराई महिला फुटबल क्लबलाई ४–० गोलले हराउँदै विजयी भएको छ ।

पाँचथरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु

रानिटारका तर्फबाट प्रमिला राईले ३ गोल गरिन् भने मनिता तुम्रोकले अर्को एउटा गोल थपिन् ।

सोमबार नै भएको दोस्रो खेलमा मोरङ महिला फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै द सेभेन युथ क्लब धनकुटा विजयी भएको छ । तमु ल्होछारको अवसरमा रानिटार युनाइटेडले आयोजना गरेको प्रतियोगितामा प्रदेश १ का ८ टिम सहभागी छन् ।

मंगलबार कन्काइ नगरपालिका महिला फुटबल टिम झापा र द सेभेन युथ क्लब ताप्लेजुङबीच दिउँसो १ बजे तथा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ र बिर्तामोड फुटबल क्लबबीच ३ बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

फाइनल खेल माघ १६ गते हुने तालिका छ । प्रतियोगिताका विजेताले ८० हजार र उप विजेताले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित : पुस १२, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×