कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

लक्ष्मी गौतम

पाँचथर — पाँचथरका उच्च पहाडी क्षेत्रमा शनिबार दिउँसो हिमपात भएको छ । भारत र सिक्किमसँगका सिमावर्ती फालौट, चिवाभञ्ज्याङ, लामपोखरी, तिम्वुङ पोखरी र पहाडेमेगु क्षेत्रमा दिउँसोदेखि हिमपात भएको हो ।

पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

साँझसम्मै हिमपात जारी रहेको स्थानीयले बताएका छन् । हिमपात सुरु भएसँगै यस क्षेत्रमा चिसो बढेको फलैंचाका स्थानीय सन्तकुमार बेघाले जानकारी दिए ।

सिक्किमसँगका सिमावर्ती चिवाभञ्ज्याङ र लामपोखरीसँगै पश्चिम बंगालसँगका सिमावर्ती फालौट क्षेत्रमा रहेका सशस्त्र प्रहरी बस्ने बोर्डर आउटपोष्टहरूमा रहेका सुरक्षा बेसक्याम्प पनि हिउँमय भएका छन् ।

प्रकाशित : पुस १०, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?