कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय सदस्यमा प्रदेश १ बाट अर्याल, कोइराला र लिम्बू निर्वाचित

काठमाडौँ — प्रदेश १ बाट कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल, राजिव कोइराला र महेन्द्रकुमारी लिम्बू निर्वाचित भएका छन् । खुलातर्फ २ पदमा भएको निर्वाचनमा अर्याल र कोइराला विजयी भएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यमा प्रदेश १ बाट अर्याल, कोइराला र लिम्बू निर्वाचित

अर्यालले २ हजार ३८९ मत पाएका छन् भने कोइरालाले २ हजार १५२ मत पाएका छन् । सोही पदका प्रत्यासी अनिलकृष्ण प्रसाईंले १४२२, आनन्द सन्तोषी राईले २०८१, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत ल्याएका छन् ।

त्यस्तै, महिलातर्फ महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी हुन् । उनले २ हजार २२९ मत ल्याएकी छन् । त्यही पदका प्रत्यासी गोमाकुमारी भट्टराईले ६०९, लिलादेवी बोखिम लिम्बूले १७४७ मत ल्याएका छन् ।

अर्याल र लिम्बू सभापति शेरबहादुर देउवा समूहका नेता हुन् भने काेइराला देउवाइत्तर समूहका नेता हुन् । काेइराला प्रदेश १ मा कांग्रेसको संसदीय दलका नेता समेत हुन् ।

प्रकाशित : पुस ६, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?