कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झापामा बस र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — बस र मोटरसाइकल एक आपसमा जुध्दा झापामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–७ दुर्गापुरमा बुधबार राति पौने ८ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठक्कर खाई भएको दुर्घटनामा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ सलकपुरका ३३ वर्षीय सन्तोष राई र त्यसमा सवार सोही स्थानका अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि तत्काल बीएन्डसी अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा दुवै घाइतेको मृत्यु भएको हो । बस र बस चालक इलाम चुलाचुली गाउँपालिका–२ बस्नेका ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको छ ।


प्रकाशित : पुस १, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×