कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु

डम्बरसिं राई

खोटाङ — खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोस्ट मल उद्योगबाट उत्पादन सुरु भएको हो ।

खोटाङमा कम्पोस्ट मल उत्पादन सुरु

कृषिजन्य उत्पादनलाई बजारीकरण र व्यवसायिक कृषि प्रणालीको विकास गर्न नमुना कृषि स्रोत केन्द्र पनि स्थापना गरिएको नगरपालिकाले जनाएको छ । एक करोड २१ लाख ६९ हजार रुपैयाँको लगानीमा प्रति घण्टा एक टन कम्पोस्ट मल उत्पादन गर्ने क्षमताको उद्योग र २१ लाख २० हजारको लगानीमा नमूना कृषि स्रोत केन्द्र संयुक्त रुपमा सञ्चालन गरिएको हो ।

दिक्तेल बजारको फोहर संकलन तथा अन्य ठाउँबाट समेत संकलित फोहोर संकलन गरेर मल निर्माण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । कम्पोस्ट मलमा दुई जना र नमुना कृषि स्रोत केन्द्रमा अफिसरसहित चार जना कर्मचारी कार्यरत छन् ।

मल उद्योगमा एक प्राविधिक र एक ड्राइभर कार्यरत छन् भने नमुना कृषि स्रोतमा एक अधिकृतसहित चारजना कर्मचारी खटिएर मल उत्पादन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।

प्रकाशित : मंसिर २२, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?