१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

भरुवा बन्दुकसहित एक पक्राउ

खोटाङ — ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोल हुमेका ३३ वर्षीय सञ्जय राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अवैध हतियार राखेको सूचनापछि घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेपछि राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता सागर साहले मंगलबार जानकारी गराएअनुसार राईबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको दुई गोली र ८५ केपी बरामद गरिएको छ ।

उनलाई हात हतियार खरखजानासम्बन्धी मुद्दा दायर गरी सात दिनको म्यादसमेत थपिएको साहले जनाए ।

प्रकाशित : मंसिर २२, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?