कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । उनको सोमबार शपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

विराटनगरको पुष्पलालचोक घर भएका श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष हुन् ।

एमालेका शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कार्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेको हो ।


प्रकाशित : मंसिर १३, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?